हाम्रो आन्दोलन वार्ता र सहमतिका लागि होः नारायणकाजी

उदयपुर, फागुन १३–एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीस दलीय मोर्चाले गरिरहेको आन्दोलन वार्ता र सहमतिको लागि भएको दाबी गरेका छन् । एमाओवादी क्षेत्र नं ३ का कार्याकर्तालाई मंगलबार कटारीमा प्रशिक्षण दिँदै उनले सहमतिका लागि आन्दोलन अपरिहार्य भएको बताए । तीस दलीय मोर्चाको राजधानी केन्द्रित आन्दोलन शान्तिपूर्ण हुने र जनप्रदर्शनले नेपाली काँग्रेस र नेकपा ९एमाले०लाई वार्ताका लागि बाध्य बनाउने उनको भनाइ छ ।

0 comments

Write Down Your Responses