सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि बल प्रयोग गर्नुपर्योः गृह

काठमाडौं, फागुन १६– गृह मन्त्रालयले ३० दलीय मोर्चाका कार्यकर्ताहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको दाबी गरेको छ । जनप्रदर्शनको क्रममा कोटेश्वरबाट सुरक्षाकर्मीले स्कर्टिङ गरि जुलुसलाई ल्याउँदै गर्दा बानेश्वरको निषेधित क्षेत्र जुलुसले तोड्न खोजेको अवस्थामा निषेधित क्षेत्र नतोड्न सुरक्षाकर्मीले सम्झाउदा उल्टै प्रहरीमाथि नै ढुंगा प्रहार भएको गृहमन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सो क्रममा बाध्य भई प्रहरीले २१ सेल अश्रुग्याँस प्रहार गरेको भन्दै गृहले सशस्त्र र नेपाल प्रहरीका गरी १६ जना घाइते भएका समेत जनाएको छ । यस्तै केहि प्रदर्शनकारी पनि घाइते भएको भन्दै गृहले सो नचाहँदा नचाहँदा पनि घटना घट्न पुगेको भन्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै नयाँबानेश्वर क्षेत्रबाट २ हजार थान र नागढुंगाबाट ६ सय थान लाठी आन्दोलनकारीबाट बरामद भएको समेत गृहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मोर्चाका नेता कार्यकर्ताको जुलुसलाई स्कर्टिङ गरी खुलामञ्चसम्म पुर्यातइने व्यवस्था मिलाइएकोले कुनै अप्रिय घटना नभएको पनि विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

0 comments

Write Down Your Responses