वैशाख २३, गरुडा (रौतहट) ।
नेपालमा शक्तिशाली भूकम्प आएको दोस्रो साता नबित्दै रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ मा धर्तीबाट ज्वालामुखी निस्केको छ ।
गौर नपा–९ का अच्छेलाल कुशवाहाको घरनजिक धर्ती फाटेर आगो पानी र बालुवासहितको लेदो निस्केको छ । आज विहान करिब ११.२० बजेको समयमा धर्तीबाट आगोको चिगारी निस्केको अवस्थामा छरछिमेकका स्थानीयवासीले उक्त स्थानमा पानी खन्याएका थिए । पानी खन्याएपछि उक्त स्थानमा तातोपना महसुस भइरहेको अच्छेलालले बताउनुभयो ।
सो स्थानमा अहिले हेर्नेको भीड लागेको छ । ज्वालामुखी निस्केको कारण मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जमिन मुनीबाट ज्वालामुखी निस्किएपछि रौतहटका स्थानीय बासिन्दा त्रसित भएका छन् । ज्वालामुखी निस्किएको ठाउँ बरपर जमिन तातिएको महसुस भएको स्थानीयले बताएका छन् । रासस
भूकम्पपछि रौतहटमा धर्ती फाटेर ज्वालामुखी निस्क्योi
0 comments
Write Down Your Responses