संविधानपछिमात्रै राष्ट्रिय सरकार: एमाले

काठमाडौं, जेष्ठ २० - एमालेमा संविधानका विवादित विषय टुंग्याएपछिमात्रै राष्ट्रिय सरकारतिर लाग्नुपर्ने मत बढेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकमा बोल्ने नेताहरुले संविधान निर्माणमै जोड दिन नेतृत्वलाई सुझाव दिएका हुन् ।

उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संविधानको विषय पहिले टुंग्याउनुपर्नेमा जोड दिए । ‘एमाओवादी र मधेसी दलसँग नि:सर्त सरकार बनाउनुभन्दा बरु अमूर्त ८ प्रदेशमै जाँऊ । तर संविधानका विवादित विषय थाती राखेर सरकार निर्माणतिर लाग्नु हुँदैन,’ गौतमको भनाई उद्धृत गर्दै सहभागी एक नेताले भने । सीमांकनको जिम्मा आयोग र नामांकनको जिम्मा प्रदेश सभालाई दिने गरी ८ प्रदेशमा जान सकिने गौतमको भनाई थियो ।

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले दलहरुबीच भइरहेका वार्ता र प्रगतिबारे जानकारी गराएका थिए । नेता माधवकुमार नेपालले पनि विभिन्न दलसँग भएका औचारिक/अनौपचारिक छलफलबारे अवगत गराएका थिए ।

त्यसपछि गौतम र मुकुन्द न्यौपानेले आफ्नो धारणा राखेका थिए । एमाले उपमहासचिव विष्णु पौडेलले संविधानका विवादित विषयमा सहमति खोज्ने सिलसिलामा भएका प्रयासबारे जानकारी गराउने काम भएको बताए ।

नेता न्यौपानेले राष्ट्रिय सरकारदेखि संविधानका विवादित विषयमा यत्रो छलफल हुादा पनि आफूहरुलाई औपचारिक जानकारी नगराइएको भन्दै गुनासो पोखेका थिए । ‘संविधान छाडेर सरकारतिर जोड दिनु हुँदैन,’ उनको भनाइ थियो । अर्का उपमहासचिव घनश्याम भुसालले अहिलेसम्मको छलफलका आधारमा सीमांकन आयोग र नामांकन प्रदेशसभालाई दिनेगरी ६ प्रदेशमा सहमति हुने विश्वास व्यक्त गरे ।

News Sourses:ekantipur

0 comments

Write Down Your Responses