'ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति'

सुशीलले भने, 'म फेरि प्रधानमन्त्री बन्छु भनेर गलत हल्ला फैलाइयो '

काठमाडौं: काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको खुलासा गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह आयोजित संसद्‍मा रहेका सबै दलका नेता तथा प्रतिनिधि सहभागी बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान जारी भएपछि एमाले अध्यक्ष केपी ओलीलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको खुलासा गरेको हुन्।

उनले भद्र सहमतिअनुसार नै सरकार गठन हुनुपर्ने र त्यसमा तीनै दल प्रतिवद्ध रहेको बताए। प्रधानमन्त्री सुशील कोइरालाले पनि आफू फेरि प्रधानमन्त्री बन्न खोजेको भनेर गलत हल्ला फैलाइएकोमा आक्रोश पोख्दै आफू सहमति बाहिर नजाने प्रतिवद्धता व्यक्त गरे।

बैठकमा सहभागी अन्य दलका नेताहरुले तीन दलबीचको भद्र सहमतिबारे वास्तविकता के हो भन्दै निरन्तर चासो राखेपछि प्रचण्डले सहमति भएको खुलासा गरेका हुन्। प्रचण्डले प्रमुख चार दलबीच जेठ २५ गते भएको १६ वुँदे सहमति हुनुभन्दा पहिले नै शीर्ष नेताहरुबीच त्यस्तो भद्र सहमति बनेको र त्यो समझदारी हुँदा विजय गच्छदार र बाबुराम भट्टराईसमेत उपस्थित रहेको स्पष्ट पारे।

दाहालको भनाई उद्घृतगर्दै स्रोतले भन्यो,‘ संविधान जारी नभएसम्म वर्तमान प्रधानमन्त्री कोइरालालाई नै निरन्तरता दिने र संविधान जारी भएपछि गठन हुने सरकारको नेतृत्व ओलीलाई दिने भद्र सहमति भएको हो ।

भद्र सहमतिको पालना गरी गत ३ गते घोषणा भएको संविधानको कार्यान्वयनको जिम्मेवारी समेत पुरा गरौं ।’ सो सहमति अनुरुप प्रधानमन्त्री कोइराला अघि बढ्न प्रम सहमति नै हुनु हुन्छट भमनने विश्वास गारौं । नै पर्छ भन्ने माग दाहालले गरे ।

स्रोतका अनुसार प्रधानमन्त्रीले एमाओवादीका अध्यक्ष प्रचण्डको भनाईलाई आफुले अस्वीकार गरेको होइन तर आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा सो बिषय राख्नु पर्ने बताएका थिए ।

प्रधानमन्त्रीको भनाई उद्घृतगर्दै स्रोतले भन्यो,‘भद्र सहमतिका बारेमा कांग्रेस केन्द्रीय कार्य समितिमा राखेर निर्णय लिनेछु ।’ प्रधानमन्त्री कोइरालाले बैठकको प्रारम्भमा नै आफु फेरी प्रधानमन्त्री बन्नका लागि कसरत गरीरहेको टिका टिप्पणी नगर्न आग्ह गर्दै कतैबाट यस्ता कुरा अए ती गलत भएको धारणा राखेका थिए ।

फेरी प्रधानमन्त्री बन्न खोज्यो भन्ने समाचार पनि आएको छ, त्यो गलत हो भन्दै कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले दलबाट निर्णय गर्नु राम्रो हो, अन्य दलहरुबाट पनि यस्तो कार्य हुनु पर्ने कोइरालाले बताएको स्रोतले भन्यो ।

एमालेका उपमहासचिब विष्णु पौडेलले अन्नपूर्णसंगको कुराकानीमा भने,‘सर्वदलीय बैठकमा दएमाओवादी बिगतमा चार दलबीच भएको भद्र सहमतिका अनुरुप दिदै संविधान घोषणापछिको प्रधानमन्त्री एमाले अध्यक्षलाई दिनु पर्छ भन्ने प्रस्ताव गरे ।’ प्रधानमन्त्रीले पनि सो सम्बन्धमा पार्टी केन्द्रीय कार्य समितिमा छलफल गर्नु पर्ने बताएको जानकारी पौडेलले दिए ।

नेकपा(मालें) का महासचिब चन्द्रप्रकाश मैनालीले तत्कालिन चार दल र आन्दोलनरत मधेसीहरु समेत मिलेर सरकार बनाउनु पर्छ भन्ने धारणा आफुले राखेको बताए । उनले भने,‘भद्र सहमति अनुसार एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री दिएर संविधानसभाबाट घोषणा भएको संविधानको कार्यान्वयन गर्नु पर्छ ।’

मुलुक समक्ष आएको नाकाबन्दी र संविधान कार्यान्वयनको चूनौतिको सामना गर्न पनि भद्र सहमतिको विकल्प नभएको धारणा आफुले बैठकमा राखेको मैनालीले बताए ।

प्रधानमन्त्री कोइरालाले बैठकमा आफु पनि भावी सरकारको नेतृत्व सहमतिमै हुनु पर्ने पक्षमा रहेको धाराणा राख्दै त्यसको अनुमोदन कांग्रेस केन्द्रीय समितिबाट गराउन खोजेको जानकारी बैठकमा दिएको मैनालीले बताए । मैनालीले भने,‘कांग्रेस भित्रको अन्तरकलहका कारण भद्र सहमति बिपरित नजान आफुहरुले आग्रह गर्यौ ।’

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भद्र सहमतिका बारेमा आफु अनविज्ञ रहेको बताए । उनले भने,‘बुधबार बस्ने पार्टी केन्द्रीय कार्य समितिको बैठकमा सो एजेण्डाका बारेमा छलफल भई निर्णय हुनेछ ।’

संसदमा चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का प्रतिनिधि सुशील कुमार श्रेष्ठले चार दलको सहकार्यमा पछिल्लो समय तीन दलले जे जस्तो रुपमा भएपनि संविधान जारुी गराउन सफल भए जmै त्यसको कार्यान्वयनका लागि पनि भद्र सहमति अपरिहार्य रहेको धारणा राखेको बताए । उनले भने,‘आफ्नो पार्टी प्रमुख दलहरुको सर्वदलीय सरकार भएमा विपक्षी दलका रुपमा रहने अन्यथा भावी सरकारलाई कुनै पनि रुपमा सघाउन सक्छौं ।’

एमालेका उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सर्वदलीय बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले संविधान घोषणा पछि गठन हुने सरकार र त्यसको नेतृत्वका बारेमा धारणा राखेको बताए । उनले भने,‘पहिलो दलले सरकारको नेतृत्व गरी सकेकोले अब दोस्रो दल एमालेले नेतृत्व लिुन पर्छ ।’

भारतीय पक्षबाट भएको नाकाबन्दी र निकट आएको दसै र तिहार जस्ता महान् चाहाडका बिषयमा गंभिर हुन सरकारलाई आग्रह गर्दै पेट्रोलियम पदार्थ , औषधि लगायत खाद्यान्नको आपूर्तिमा ध्यान दिन आग्रह गरे ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दिपक बोहराले भद्र सहमतिका बारेमा एमाओवादीका अध्यक्ष दाहालले जानकारी दिइसकेको अवस्थामा ओलीको नेतृत्वमा सरकार गठनका लागि सहमति जनाउनु पर्ने धारणा राखेको बताए । भद्र सहमतिको कार्यान्वयनको अर्थ संविधानको कार्यान्वयन, नाकाबन्दी खोल्नु र मुलुकका अन्य समस्यालाई निकास दिनु पनि हो भन्ने कुरामा नेताहरु स्पष्ट हुनु जरुरी रहेको बताए ।

News:annapurnapost

0 comments

Write Down Your Responses