मधेश आन्दोलनका नाइके राजेन्द्र महतोलाई भावरक्षेत्रमा प्रवेश निषेध

रौतहट: चुरेभावर राष्ट्रिय एकता पाटीले मधेशी मोर्चाका नेता तथा सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महत्तोलाई भावर प्रदेशमा प्रवेश निषेध गरेको जनाएको छ । नेता महत्तोले साम्प्रदायिक दंगा फैलाउन खोजेको , नेपाली जनतालाई एक आपसमा जुधाउन खोजेको आरोप लगाउदै त्यस्ता नेताहरुलाई भावर प्रदेशमा प्रवेश गर्न नदिने निर्णय गरेको चुरेभावर राष्ट्रिय एकता पाटीका केन्द्रिय अध्यक्ष बद्री न्यौपानेले बताएका छन् ।





केन्द्रिय अध्यक्ष न्यौपानेले रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै धर्तीपुत्र हुँ भन्दै हिड्ने राजेन्द्र महत्तोले भारतीय भुमिमा बसेर नेपालीलाई दुःख दिएको बताउदै उनको चरित्र नेपाली जनताले बुझिसकेको पनि बताए । धेरै पटक मन्त्री बनेका महत्तोले साम्प्रदायिक कुरागर्दै हिँड्नु हास्यास्पद भएको समेत उनले टिप्पणी गरेका छन् । मधेशी मोर्चाका कतिपय नेताहरु सत्तामा बस्दा मधेशका जनताको अधिकारको लागि आवाज नउठाएको आरोप लगाउदै नाकाबन्दिले सवै भन्दा बढी पिडित मधेशका जनता नै भएको उनले बताएका छन् । मधेशी मोर्चाले बिगतको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राख्दै नाकामा धर्ना दिएर जनतालाई दुःख दिनु नेपाली जनता प्रतिको अन्याय भएको अध्यक्ष न्यौपानेको तर्क छ ।

,

0 comments

Write Down Your Responses