हेर्नुहोस नेपाली सेलिब्रेटीहरु , कसले कुन फोन बोक्छन् ।

राधिका कडेल,कार्तीक , काठमाण्डौ कलाकारहरुको हरेक कुराको चर्चा हुन्छ । एकातर्फ भनिन्छ , उनिहरु आफ्नो कामबाट पाएको प्रशंशामा निकै खुसी हुन्छन् । र यहि खुसी सँगै आफ्नो जिवनलाई सुन्दर बनाईरहेका हुन्छन् । अर्कातर्फ सेलिब्रेटी भईसकेपछि हरेक कुराको चर्चा हुन्छ त्यसैले उनिहरु आफुले प्रयोग गर्ने सामानहरुमा पनि उत्तीकै ध्यान दिन्छन् । आज हामी तपाँईलाई केहि नेपाली सेलिब्रेटीहरुले प्रयोग गर्ने मोबाईलको बारेमा बताउँदैछौ ।






शिरीष देवकोटा रोईला गायक शिरीष देवकोटाले आफ्नो जिवनलाई बिन्दास पतरिकाले बिताई रहेका छन् । शिरीषले अहिलेसम्म धेरै महगां फोनहरु बोके । उनको मोबाईल प्रयोगको क्रममा अहिले पालो आएको छ आई फो फाईभ को । उनि हाल आईफोन फाईभ बोक्छन् । उनले यो आईफोन प्रशंशकबाट उपहार पाएका हुन् ।

राजा राजेन्द्र पोख्रेल राजा राजेन्द्र पोख्रल हास्य कलाकार हुन् । उनको मोबाईल बोक्ने तरीका पनि रमाईलो छ । उनिसँग तिन ओटा फोन छन् । नोकीयाको विन्डोज, सामसुङ नोट २ र नोकीया सात सय मोडल । साथमा ब्रान्डेड मोबाईल हुदाहुदै पनि सिम भने उनले नोकीया सात सय मोडलमा हालेका छन् र त्यहि मोबाईललाई उनले फोनको रुपमा प्रयोग गरिहेका छन् । उनि नोकीया विन्डोजलाई गेम खेल्न र फटो खिच्न प्रयोग गर्छन् । त्यस्तै उनले सामसुङ नोट २ लाई भने अफिसियल र नेटको लागी छुट्टयाएका छन् ।

नम्रता श्रेष्ठ अभिनेत्री नम्रता श्रेष्ठले हाल दुईओटा फोन बोक्छीन् । उनले सिम पनि दुईओटा प्रयोग गरिरहेकी छिन् । एउटा सिमलाई उनले कामको लागी छुट्याएकी छिन् भने अर्को सिमलाई आफन्तको लागी । उनले आईफोन र सामसुङका दुईओटा मोबाईल प्रयोग गरेकी छिन् ।

विल्सन बिक्रम राई फोन हराउनमा माहिर तक्मे बुढा अर्थात विल्सनले धेरै फोनहरु हराए । उनि भन्छन् फोन हराको हराई गरेर कुन फोन कतिबेला प्रयोग गर्छु भन्ने नै थाहा हुदैन । हाल उनले नोकीया विन्डोज प्रयोग गरिरहेका छन् ।

निश्चल बस्नेत निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतले सामसुङ ग्यालेक्सी फाईभ प्रयोग गरिरहेका छन् । हाल उनि सिनेमा कबड्डी कबड्डीको प्रमोशनमा व्यस्त छन् ।

स्वस्तीमा खड्का भर्खरै सिने क्षेत्रमा उदाएकी अभिनेत्री तथा मोडल स्वस्तीमाले राम्रै ब्रान्ड ,चलेको ब्रान्ड सामसुङ ए फाईभ बोक्छीन् । लगभग २० ओटा जती गितमा मोडलिङ गरेकी स्वस्तीमाले यस क्षेत्रमा सफलता पाउने सम्भावना राम्रो देखिएको छ ।

शशी रावल बाहाना सकियो चाहाना सकियो गीत गाएर बढी चर्चामा आएकी शशीले लगभग पचास ओटा गीत गाएकी छिन् । उनको चर्चा नेपाली पप र सिने क्षेत्रमा निकै छ । उनले भने सामान्य फोन बोकेर हिडछीन् । उनले प्रयोग गर्ने फोनको नाम हो नोकीया । उनि नोकीयाको सानो र सामान्य मोबाईलमै खुसी छिन् ।

0 comments

Write Down Your Responses