देशमा इन्धनको हाहाकार हुँदा इन्धनको मुख्य आपुर्तिकर्ता नेपाल आयल निगमको ब्यवहार भने शंकास्पद देखिएको छ । नेपाल आयल निगमका अधिकारीहरुकै निर्देशनमा बजारमा कालोबजारी गर्नका लागि इन्धन वितरण हुने गरेको प्रहरीको पछिल्लो कारबाहीबाट देखिएको छ ।
रुपन्देही प्रहरीको सक्रियतामा भएको अनुसन्धानका क्रममा नेपाल आयल निगमका उच्च अधिकारी नै पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको पुष्टी भएको हो ।
भलवारी डिपो प्रमुखले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको निर्देशनमा पठाएको ट्याङ्कर रुपन्देही प्रहरी र प्रशासनको सक्रियतामा बर्दघाटमा नियन्त्रणमा लिइएपछि आयल निगमको कालो नियत छरपष्ट हुने संकेत देखिएको छ । नेपाल आयल निगम भलवारीका क्षेत्रीय प्रमुख दिनेश यादवको सक्रियतामा बिहीवार बेलुका सोझै काठमाण्डौको एक निजी पम्पलाई पठाइएको एक ट्याङ्कर अर्थात् १२ हजार लिटर डिजल नवलपरासीको बर्दघाटमा नियन्त्रणमा लिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले जिल्ला आपूर्ति समितिलाई थाहै नदिई एक टेकंर तेल काठमाण्डौ पठाएको जानकारी प्राप्त भएपछि नबलपरासीबाट फिर्ता ल्याई अनुसन्धान शुरु गरेको जानकारी दिए । अनियमित ढंगबाट तेल पठाउन लागेको थाहा पाएपछि नियन्त्रणमा लिएको प्रहरी निरिक्षक केदारराज पन्तले जानकारी दिए ।यसैगरी आयल निगमका क्षेत्रीय प्रमुख दिनेश यादवले बिहीवार नै ना २ ख ५९५२ नम्बरको टेकंरमा पर्बतका ३ वटा पम्पमा १२ हजार डिजल सोझै पठाएको निगमका कर्मचारीले वताए । यसैगरी पश्चिमाञ्चल पेट्रोलियम डिलर्श एशोसिएसनले भलवारी डिपोबाट तेल बितरणमा चलखेल गरेको भन्दै प्रमुख यादवलाई कारबाहीको माग गरेका थिए ।
लुम्बिनी अञ्चल सहित ११ जिल्लाका करीब ३ सय पम्पका व्यवसायीले आयल निगमबाट समानुपातिक रुपमा तेल प्राप्त गर्न नसकेको गुनासो गर्दै आएका छन् । रुपन्देहीमा अहिले पनि १३ लाख भन्दा बढी लिटर तेल स्टक रहेको भए पनि यसको परिमाण बारे प्रमुखले केही पनि बताउन चाहेनन् ।
मन्त्रीको चेतावनी
विहीबार मात्र राजधानीमा पत्रकार सम्मेलन गरेर कालोबजारीमा सरकारी कर्मचारी संलग्न रहेको पाहिएमा कडा कारवाही गरिने बताइसकेका छन् । यस अघि उनले इन्धन संकटको बेला फाइदा उठाउँदै आयल निगममा घोटाला गर्न खोजिएको र आफूलाई झुक्काएर करोडौंको खेल भैरहेको संकेत समेत गरेका थिए । कालोबजारी बारे छानविन गर्न आपुर्ती मन्त्रालय र प्रधानमन्त्री कार्यालय स्तरमै छानविन समिति गठन भैसकेका छन् ।
गोपाल खड्काको दादागिरी
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका नातेदार हुन् । एमाओवादीमा आपुर्ति मन्त्री पुनलाई असयोग गर्दै करोडौं कुम्ल्याउन खोजेको आरोप लागिसकेका उनले आपुर्तीमन्त्रीलाई असयोग गरिरहेको निगम भित्रका कर्मचारी नै बताउँछन् । आफूलाई आपुर्ति मन्त्रीले मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले समेत छुन नसक्ने भन्दै आफु मातहतका कर्मचारीलाई धम्काउने गरेको समेत श्रोतले बतायो ।
यस अघि उनको समेत लगानी रहेको बिराटनगरको बिराट पेट्रोलियमलाई देशलाई ठूलो नोक्सानी गर्ने गरि इन्धन ल्याउनका लागि दिएको टेण्डर रोक्न परेपछि पेट्रोल सकिएको भन्दै पत्रकार सम्मेलन गरेका गोपाल खड्काले अहिले आएर भएको इन्धनलाई कालोबजारीमा परिचालन गरिरहेको प्रमाण भेटिएको छ । भारतसँगको बलियो लबिङ भएका मानिएका गोपाल खड्कासँग बिराट आयलमा अर्का एक भारतीय ब्यापारी समेत साझेदार रहेको बताइन्छ । निहुँ खोजे अख्तियारको प्रयोग गर्ने भन्दै उनले घुमाउरो चेतावनी समेत दिने गरेको बताइन्छ ।
बिराटलाई ठेक्का दिएमा भारतबाट जसरी पनि इन्धन ल्याउन सक्ने दावी गरेका गोपाल खड्काले चीनबाट इन्धन ल्याउन आनाकानी गर्दै विभिन्न अडचन थापेपछि आपुर्तिमन्त्री पुनले चीन गएर आफै डिल गरेका थिए । संकटमा समाधान खोज्न लागि परेका मन्त्री पुनलाई गोपाल खड्काकै कारण विभिन्न झन्झटको सामना गर्न परिरहेको मन्त्री पुन निकट एक नेताले हेडलाइन्सलाई जानकारी दिए ।
0 comments
Write Down Your Responses