चीनबाट उच्च गुणस्तरको ग्यास नेपालमा ल्याइदै

काठमाडौं – वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले चीनबाट उच्च गुणस्तरको एलपी ग्यास ल्याइने बताएका छन् । अनौपचारिक चीन भ्रमणपछि मंगलबार स्वदेश फर्किएका मन्त्री पुनले न्यून गुणस्तरको ग्यास चिसो मौसमका कारण ढुवानीमा समस्या पर्ने भएकाले उच्च गुणस्तरको ग्यास सजिलै ल्याउन सकिने बताएका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बततर्फको दुवै नाका तातोपानी–खासा र रसुवागढी–केरुङबाट आयात गर्दा कम गुणस्तरको ग्यास चिसोका कारण ढुवानीमा समस्या आउने भएकाले उच्च गुणस्तरको ग्यास आयात गर्न लागिएको वाणिज्यमन्त्री पुनले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।





,

0 comments

Write Down Your Responses