म एक्लै वार्ता विरोधी र मोर्चाका अन्य नेता समर्थक भन्नु गलतः बाबुराम|

जाजरकोट, फागुन ११ – एनेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराइले आफू एक्लै वार्ता बिरोधी र मोर्चाका अन्य नेता चाँहि वार्ता समर्थक भन्नु गलत भएको प्रष्ट्याएका छन् । सोमबार जाजरकोटमा आयोजित एक कार्यक्रमका बिच भट्टराइले आफ्नो पार्टी र मोर्चा सबैको एकमत भएको बताउँदै आफू वार्ताकै पक्षमा रहेको तर वार्ता सार्थक वार्ता हुनु पर्ने बताएका छन् । उनी भन्छन्, ‘जनता झुक्काउने र ढाँट्ने वार्ताको पक्षमा म पनि छैन र हाम्रो मोर्चा पनि छैन ।’ ‘देशमा संविधान नभएर संविधान बनाउन लागिएको होइन, संविधान सभाबाट कस्तो संविधान बनाउने भन्ने विषयको लडाइँ हो यो, ’ उनले भने । ‘संविधान सभाको मुद्दा उठाउँदा हाम्रो टाउकोमा ५० लाख मूल्य तोक्ने यिनै नेपाली कांग्रेस/एमाले नेता हुन् । त्यसैले संविधान सभा अहिले अपहरण भएको छ, संविधान सभाबाट नेपाली जनताको पक्षमा हुने संविधान बनाउने विषयको लडाइँ हो हाम्रो, ’ आफूहरुले जनपक्षीय संविधान बनाउन चाहेको प्रस्ट पार्दै उनले भने । कांग्रेस/एमालेले सहमतीय प्रक्रिया तोडेर माघ ११ गते संविधान सभाको नियम विधि र पूर्वअभ्यास तोडेर बढाइएको बहुमतीय प्रक्रियाको औपचारिक रुपमा खारेज नभएसम्म सहमती र विश्वासको वातावरण नबन्ने पनि उनले प्रस्ट पारेका छन् । वृहत शान्ति सम्झौता र विगतका अन्दोलनकारीहरुसँग गरिएका सहमती र सम्झौता अनुरुप सहमतीमा संविधान निर्माण गर्ने गरि स्पष्ट भागमा प्रतिवद्धता आयो भने मात्र वार्ताको औपचारिक ढोका खुल्ने र सहमतीको नजिक पुग्न सकिने धारणा उनले व्यक्त गरे ।

0 comments

Write Down Your Responses